काठमाडौं : नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
आवेदनका लागि ग्राहकले एन बैंक एपमा लगइन गरी ‘एन बैंक मार्केटप्लेस’ भित्र रहेको ‘बाइ नाउ पे लेटर’ विकल्प चयन गर्नुपर्नेछ । त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण, ओटीपी प्रविष्ट, नबिल क्रेडिट कार्ड छनोट, आफूले चाहेको बिक्री केन्द्र र आईफोन मोडल चयन गरी आवश्यक विवरण भरेपछि पिन प्रविष्ट गरेर आवेदन पुष्टि गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।