प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब दुई अर्ब
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशतले बढी...