उद्योग मन्त्रि र बेलायती राजदुतबीच भेट, लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेक...