Below Menu
Below Menu

उद्योग मन्त्रि र बेलायती राजदुतबीच भेट, लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त 

उद्योग मन्त्रि र बेलायती राजदुतबीच भेट, लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । राजदूत फेनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धका आयामहरु थप विस्तार हुँदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्रि रिजालले स्पष्ट पारे । 

नेपाल–बेलायत मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको सन्दर्भमा सन् २०२३ दुई मुलुकबीचको सम्बन्धको लागि विशेष वर्षको रुपमा रहेको बताउँदै मन्त्रि रिजालले बेलायतले नेपालको प्रमुख विकास साझेदारको रुपमा रहँदै मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायताको आयाममा निरन्तर सहयोग प्रदान गर्दै आएकोमा कृतज्ञता व्यक्त गरे । 

बेलायतले नेपालजस्ता अति कम विकसित मुलुकमा उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागू गर्दै आएको जीएसपी कार्यक्रमबाट नेपालको निर्यात प्रवर्द्धनमा सहयोग पुग्दै आएको बताउँदै मन्त्रि रिजालले बेलायत सरकारले हालै शुरुवात गरेको डेभलपिङ कन्ट्रिज ट्रृेडिङ स्किम (डिसीटीएस) बाट समेत नेपालको निर्यात थप विस्तार हुँदै जाने अपेक्षा ब्यक्त गरे । 

त्यसैगरी डिसीटीएसअन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको थप केही वर्षसम्म निरन्तरता दिन मन्त्रि रिजालले वेलायत सरकारसग अनुरोध गरेका छन् ।

बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउँदै मन्त्रि रिजालले नेपालमा बेलायती लगानी विस्तारको लागि राजदुत फेनको ठोस प्रयास रहनेमा आफु विश्वस्त रहेको बताए । भेटका क्रममा राजदुत फेनले दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताए । 

Advertisment

थप समाचार