Below Menu
Below Menu

एक अर्ब ७८ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

एक अर्ब ७८ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै कोषको एक अर्ब ७८ करोड रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।  ।

बैंकले कोषको उक्त रकम असोज २ गतेदेखि २०८१ असोज ३ गतेसम्म ३६७ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख, ‘ख’ वर्गका विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ८ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ । यसका साथै तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ । 

त्यस्तै, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी भदौ २४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

Advertisment

थप समाचार