काठमाडौं : काठमाडौं महानगरपालिकाले भोलि अर्थात शुक्रबार शोक बिदा दिने भएको । महानगरले एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।
वडाध्यक्ष रिजालको निधनमा भोलि महानगर र महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिएका हुन् ।
निमोनियाका कारण वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल निधन भएको थियो ।

Advertisment