अर्थतन्त्रमा सुधार हुँदै गएको छ सामाजिक सञ्जालको भ्रममा मात्र नपरौंः अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा.महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भने, ‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स...