Below Menu
Below Menu

नेप्सेको वृद्धि कायमै, कारोबार रकम पनि सुधारियो 

नेप्सेको वृद्धि कायमै, कारोबार रकम पनि सुधारियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज बजारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज नौं करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले बढेको हो । त्यस्तै आज स्वभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । 
 

Advertisment

थप समाचार