काठमाडौं : दुई म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मंगलबार एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार एनआईसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत लाभांश पछिको ईकाईमूल्य ८ दशमलव ९५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १० रुपैयाँमा भएको थियो ।
एनआईसी एशिया ब्यालेन्स फण्डको १० प्रतिशत लाभांश पछिको इकाईमूल्य ८ दशमलव ३० रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ९ दशमलव ३० रुपैयाँमा भएको थियो ।
Advertisment