विद्युतीय भुक्तानी: पूर्ण डिजिटल बैंकको पूर्वाधार बन्दै, साइवर सुरक्षामा चुनाैती
विगत केही वर्षमा विद्युतीय भुक्तानीका कारण वित्तीय प्रणालीमा नयाँ आयाम थपिएको छ । यसका पछाडि वित्तीय प्रविधिमा उपयोग भइरहेका ब्लकचेन, आर्टिफिसियल इन्टिलिजेन्सलगायतका प्रविधिहरूको महत्वपूर्ण हात रहेको छ ।
निजी क्षेत्रमा भइरहेका भुक्तानी नवप्रवर्तन र नियामक निकायहरूले विद्युतीय भुक्तानीको विस्तारलाई...