काठमाडौं : नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडले साधारणसभा बोलाएको छ । गत कात्तिक २१ गते बसेका कम्पनीको सञ्चालक समितिको बैठकले पुस ५ गते १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका १५.५३ प्रतिशत नगद लाभांश दिने प्रूतावसहति साधारणसभा बोलाएको हो ।
उक्त सभा होटेल याक एण्ड यति, काठमाडौंमा अपरान्ह ४ बजे हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई समेत टुङ्ग्याउनेछ ।
यसका साथै कम्पनीको सञ्चालक समितिको बैठकले नियुक्त गरेको स्वतन्त्र सञ्चालक र सञ्चालकलाई अनुमोदन गर्नेछ । नेपाल बैंकर्स एशोसिएसनको तर्फबाट अनिल शर्मा स्वतन्त्र सञ्चालक र नेपाल एसबिआई बैंकको तर्फबाट राजेश कुमार पण्डालाई सञ्चालकमा कम्पनीको सञ्चालक समितिको बैठकले नियुक्त गरेको थियो ।
सो सभाका लागि कम्पनीको अधिकृत पूँजी ४० करोड र जारी पूँजी ३० करोड कायम गर्ने प्रस्ताव तय गरेको छ ।
उक्त कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरूको अपनत्व र स्वामित्व बढाउन हाल कायम शेयरधनीहरूका अतिरित्त अन्य सम्पूर्ण क, ख, ग, घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी पूँजीको हदसम्म प्रतिशेयर १०० रूपैयामा शेयर जारी गर्ने प्रस्ताव तय गरेको छ ।
Advertisment