Below Menu

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी पनि खुम्चियो

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ५७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी पनि खुम्चियो

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ५७.८२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क घटेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी घटेका कारण नाफामा असर परेको हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १२.१० प्रतिशतले घटेर २० करोड ५६ लाख ३४ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट २३ करोड ३९ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ६२.७६ प्रतिशतले घटेर २० करोड २२ लाख ३९ हजार रुपैयाँमा झरेको छ भने र कुल खर्च २७.९४ प्रतिशतले बढेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

साथै यस अवधिमा कम्पनीले ५९ करोड एक लाख ९७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा ४१.६२ प्रतिशतले कम हो । गत वर्ष इन्स्योरेन्सले एक अर्ब एक करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असोज मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ५.२३ रुपैयाँ घटेर ३.८२ रुपैयाँमा झरेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.०८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२५.५३ गुणा रहेको छ ।

असोज मसान्तसम्म १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ४६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र रिटेन्ड अर्निङ्गमा तीन अर्ब २५ करोड २७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । 
 

थप समाचार