काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ८३ लाख १४ हजार रुपैयाँ खुद खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६६.३७ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले एक करोड १० लाख सात हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चाल आम्दानी बढेका कारण नाफा बढेको हो । गत वर्षको सोही अवधिमा १६ करोड ६० लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी ६६.७५ प्रतिशतले बढेर २७ करोड ६८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल नाफा ३९.७७ प्रतिशतले बढेर चार करोड ४७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल आम्दानी ४०।३० प्रतिशतले बढर पाँच करोड ७७ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन खर्च पनि ५८.३६ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष ६.२९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस अवधिमा बढेर ९.६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रतिशेयर नेटवर्थ १०६.९६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.४० गुणा रहेको छ । यस अवधिमा ७५ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ५ करोड २६ लाख ४४ हजार रुपैयाँ सञ्चित रहेको छ ।