काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको वित्तीय आम्दानी घट्नुका सञ्चित नोक्सानी बढेका कारण नाफा प्रभावित भएको हो ।
यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत तीन अर्ब ८५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा तीन अर्ब ९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३.१७ प्रतिशतले बढेर दुई अर्ब ८० करोड १० लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा दुई अर्ब ७१ करोड ४७ लाख ३४हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि ५९ लाख ७१ हजार रुपैयाँबाट घटेर २३ लाख ३८ हजार रुपैयाँमा झरेको छ ।
यसैगरी कम्पनीको कम्पनीको सञ्चित नोक्सानी भने गत वर्षको असोज मसान्तसम्म १० अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको चालु आवको वर्षको सोही अवधिमा बढेर १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। जसका कारण नाफामा असर परेको हो ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष ७.९१ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ७.८२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ५२.३० रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको कुल इक्विटी १११ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको छ ।