एसियाका उत्कृष्ट होटलको सूचीमा ‘द पाभिलियन्स हिमालयज’ 

एसियाका उत्कृष्ट होटलको सूचीमा ‘द पाभिलियन्स हिमालयज’ 

काठमाडौं : पोखरास्थित लक्जरी इको-रिसोर्ट द पाभिलियन्स हिमालयज, द फार्म सन् २०२६ को Condé Nast Traveller Readers’ Choice Awards मा एसियाका उत्कृष्ट होटलमध्ये छनोट भएको छ।

Sponsored Advertisement

दिगो पर्यटन, वातावरण संरक्षण तथा स्तरीय आतिथ्य सेवाका लागि परिचित पाभिलियन्स हिमालयजको यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान थप बलियो बनाएको छ।

प्राकृतिक वातावरणसँग समायोजन गरी सञ्चालनमा रहेको रिसोर्टले विलासी आतिथ्यसँगै वातावरणीय दिगोपन र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिँदै आएको छ। स्थानीय समुदायको सहभागिता तथा प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटन व्यवसायसँग जोडेर रिसोर्टले आफ्नो सेवा र पूर्वाधार विकास गरेको जनाएको छ।

विश्वप्रसिद्ध यात्रा तथा पर्यटन प्रकाशन Condé Nast Traveller ले आयोजना गर्ने Readers’ Choice Awardsयात्रु तथा पाठकको रोजाइ र अनुभवमा आधारित हुन्छ। अवार्डमा विश्वभरका होटल, रिसोर्ट, गन्तव्य तथा पर्यटन सेवाहरू समेटिन्छन्।

पाभिलियन्स हिमालयजको अन्तर्राष्ट्रिय सूचीमा परेको यो उपलब्धिले नेपालको लक्जरी तथा इको-टुरिजमलाई विश्व पर्यटन बजारमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, पोखरालाई उच्चस्तरीय तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न पनि यसले योगदान गर्ने विश्वास गरिएको छ।