कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

Sponsored Advertisement

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको हो ।

बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार उनीहरूका लागि शेयर खरिदको अवसर दिइए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूहबाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन् ।

बैंकले उक्त संस्थापक शेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन कुमारी बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं-२ मा दिन सकिनेछ ।