कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस दिने 

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस दिने 

काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले हुन आउने २ करोड ६५ लाख ४२ हजार ७४२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशतका दरले हुन आउने १३ लाख ९६ हजार ९८६ दशलमव ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७४ लाख ५९ हजार ६७५ रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १७ करोड ४० लाख २ हजार ४१७ रुपैयाँ पुग्नेछ । 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण गरिनेछ ।