प्रभु बैंकका आठ संस्थापक बाहिरिँदै, साढे चार लाख कित्ता शेयर बिक्रीमा  

प्रभु बैंकका आठ संस्थापक बाहिरिँदै, साढे चार लाख कित्ता शेयर बिक्रीमा  

काठमाडौं : प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको चार लाख ७७ हजार ८०२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको  केन्द्रीय कार्यालय बबरमहलमा आवेदन पेश गर्न सक्नेछन् । 

साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

 

थप समाचार