सहसचिव पौडेलको संयोजकत्वमा ऊर्जा क्षेत्रका समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन 

सहसचिव पौडेलको संयोजकत्वमा ऊर्जा क्षेत्रका समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन 

काठमाडौं : ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ ।

Sponsored Advertisement

समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका छन् । समितिको सदस्यहरूमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ रहेका छन् । 

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) बाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य प्रतिनिधि छन् । साथै इन्जिनियर शिरिष पाण्डे सदस्य र मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवद्र्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिनेछ ।

थप समाचार