काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज मनकामना इन्जिनियरिङ कम्पनीको शेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।