काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६७ करोड ६५ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सामान्य वृद्धि देखिएको हो ।
असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्री मार्फत एक अर्ब १६ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी ३.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट एक अर्ब १२ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै अघिल्लो वर्ष २४ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी बढेर १३ करोड ५९ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ६.२६ प्रशिततले बढेको छ भने अन्य आम्दानी २४.७८ प्रतिशतले घटेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ७ रुपैयाँ ५९ पैसा झरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१५ गुणा रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन अर्निङ २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ रहेको छ ।