माण्डु हाइड्रोपावरको नाफा पाँच गुणाले बढ्यो, एक वर्षमा बेच्यो साढे ७९ करोडको बिजुली

माण्डु हाइड्रोपावरको नाफा पाँच गुणाले बढ्यो, एक वर्षमा बेच्यो साढे ७९ करोडको बिजुली

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३१ करोड ८५ लाख ५१ रुपैयाँ नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ४१४.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले छ करोड १८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै कुल आम्दानी पनि बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो । कम्पनीको वित्तीय खर्च भने बढेको छ ।

अघिल्लो वर्ष विद्युत बिक्रीमार्फत २० करोड ४७ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असार मसान्तसम्म आइपुग्दा ७९ करोड ४९ लाख ३४ हजार रुपैयाँ पुगेको छ । जुन २८८.२६ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको कुल आम्दानी ७९ करोड २९ लाख ९७ हजार रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख ४० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५.८१ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १९.९१ प्रतिशतले बढेर १९ करोड ४१ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म आइपूगदा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४.५४ रुपैयाँबाट बढेर २३.२६ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३४.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८८ पैसा रहेको छ।

असार मसान्तसम्म एक अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ र जगेडा कोषमा ६८ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।
 

थप समाचार