काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा र सानिगाड हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले यी दुई कम्पनीको चार करोड २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कालंगा हाइड्रोपावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४९ लाख कित्ता र संस्थापकको ९१ लाख कित्ता गरी कुल एक करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९८.५६ रुपैयाँदेखि २९५.६८ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘केएएचएल’ रहेको छ ।
यसैगरी अनुसार सानिगाड हाइड्रोपावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापकको एक करोड ९९ लाख ५० हजार कित्ता गरी कुल दुई करोड ८५ लाख कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसजीएचएल’ रहेको छ ।
कम्पनीहरुको शेयर बिहिबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।
Advertisment