काठमाडौं : नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको थियो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य आज २ लाख ४३ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले महँगिँदै ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।
Advertisment