Below Menu
Below Menu

बैंकहरूको निक्षेप ब्याजदर थप घट्यो, औसत दर ४.२७ प्रतिशतमा सीमित

बैंकहरूको निक्षेप ब्याजदर थप घट्यो, औसत दर ४.२७ प्रतिशतमा सीमित

काठमाडौं : वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर पुनः घटाएका छन्। अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेका हुन्।

असार १ गतेदेखि लागू हुने नयाँ दरअनुसार वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। जेठ महिनामा यो दर ४.३४ प्रतिशत रहेको थियो। यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको देखिएको छ।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदरमा सामान्य कमी आएको छ। असार महिनाका लागि औसत संस्थागत मुद्दती निक्षेप ब्याजदर ३.१८ प्रतिशत निर्धारण गरिएको छ, जुन जेठ महिनाको ३.२० प्रतिशतको तुलनामा ०.०२ प्रतिशत बिन्दुले कम हो।

यस महिना सात वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

यता १३ वटा बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर यथावत् राखेका हुन्।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहँदा निक्षेप संकलनको प्रतिस्पर्धा कम भएको र त्यसकै प्रभावस्वरूप निक्षेपको ब्याजदर क्रमशः घट्दै गएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

असार महिनाको मुद्दतीको अधिकतम ब्याजदर

एनएमबि बैंक- ७५% 
राष्ट्रिय वाणिज्य बैंक-४.७५% 
प्रभु बैंक- ४.५५% 
नबिल बैंक- ४.५५%
ग्लोबल आइएमई बैंक- ४.५०% 
माछापुच्छ्रे बैंक- ४.५०%
लक्ष्मी सनराइज बैंक- ४.५०% 
सानिमा बैंक- ४.५०%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- ४.५०%
नेपाल एसबीआई बैंक- ४.२५% 
नेपाल बैंक- ४.२५% 
कृषि विकास बैंक- ४.१५%
सिटिजन्स बैंक इन्टरनेशनल- ४.१०% 
सिद्धार्थ बैंक- ४.०५% 
एभरेष्ट बैंक- ४.०५% 
प्राइम कमर्सियल बैंक- ४.००% 
हिमालयन बैंक- ४.००%
एनआईसी एशिया बैंक- ४.००%
कुमारी बैंक- ३.९६%
स्ट्यान्डर्ड चार्टर्ड बैंक- ३.९५%

Advertisment

थप समाचार