नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले छ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी बढेसँगै खुद नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १.४८ प्रतिशत अर्थात ४२ करोड ३३ लाख रुपैयाँले बढेको छ। त्यस्तै कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी २.४१ प्रतिशतले बढेको । तथापी कम्पनीको वित्तीय आम्दानी भने २१.२८ प्रतिशतले घटेको छ। 

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४.१७ रुपैयाँले बढेर ४६.४७ रुपैयाँमा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ५५०.८८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.३४ गुणा रहेको छ।

चैत मसान्तसम्ममा १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८१ अर्ब १५ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

थप समाचार