Below Menu
Below Menu

याम्वालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ७४ हजार आवेदकले पाए शेयर 

याम्वालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ७४ हजार आवेदकले पाए शेयर 

काठमाडौं : याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँट गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट गरिएको हो ।

बाँडफाँट अनुसार कुल एक लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये विभिन्न कारणले ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक कायम भएका थिए । कम्पनीका अनुसार आईपीओमा माग गरिएको भन्दा १८।६३ गुणा बढी आवेदन परेको थियो, जसले लगानीकर्ताको उच्च आकर्षण देखाएको छ ।

कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो । आईपीओ बाँडफाँटको नतिजा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट, मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइट तथा मेरो शेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार