Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार