काठमाडौं : पछिल्ला वर्षहरुमा सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्राइभेट लिमिटेडको व्यापार निरन्तर रुपमा बढेको छ । सन् २०२५ मा कम्पनीले दुई अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
उक्त रकम सन् २०२४ को तुलनामा ५.३३ प्रतिशतले बढी हो । कम्पनीले कम्पनीले दुई अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यसअघि सन् २०२३ मा कम्पनीले २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । बजारमा चामलको मागबढेसँगै बजार विस्तार लागत नियन्त्रण प्रभावकारी हुँदा कारोबार बढेको कम्पनीले जनाएको छ ।
यसअवधिमा कम्पनीको व्यापारसँगै सञ्चालन नाफा मार्जिन पनि बढेको छ । सन् २०२४ मा ५.४९ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा बढेर ९.८९ प्रतिशत पुगेको छ ।
नाफा मार्जिनमा भएको सुधारका कारण कम्पनीको नगद प्रवाहपनि सन् २०२४ को ६ करोड ५० ला रुपैयाँबाट बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ब्याज कभरेज रेसियोपनि २.९० गुणाबाट बढेर १० गुणा पुगेको छ ।
सन् २००१ मा स्थापना भएको सेन्चुरीले लामोजिरा बासमती र खुदी चामलको प्याकेजिङ तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले थकाली, मुवारक, सन्चो कोहिनुरु, सुवास शाही जस्ता ब्रान्डको चामल पनि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले सुनसरी, ललितपुर, नारायणघाट, पोखरा र भैरहवामा कार्यालय तथा गोदाम स्थापना गरेको छ । भारत सीमासँग नजिक रहेको अवस्थाले कच्चा पदार्थ आयातमा ढुवानी लागत कम गर्न मद्दत पुगेको रेटिङ एजेन्सीले जनाएको छ । सन् २०२५ मा कम्पनीले करिब ८७ प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गरेको जनाएको छ ।
कम्पनीले नेतृत्व राजेन्द्र प्रसाद अग्रवालले गरिरहेका छन् । सेन्चुरी फुडले बैंकिङ कर्जा सुविधाका लागि ७७ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ५२ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लािग ७६ करोड ४८ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ ।
Advertisment