प्रभु केबलकारले गर्यो एक वर्षमै साढे २० करोडको व्यापार, लगानी भने ‘अनलिस्टेड’ शेयरमा केन्द्रित

प्रभु केबलकारले गर्यो एक वर्षमै साढे २० करोडको व्यापार, लगानी भने ‘अनलिस्टेड’ शेयरमा केन्द्रित

काठमाडौं : प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले एक वर्षमा साढे २० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

Sponsored Advertisement

उक्त रकम अघिल्लो वर्षको तुलनामा २१६.९२ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०२४ मा ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

मुख्यतः कम्पनीको सूचीकृत तथा असूचीकृत शेयर बिक्रीबाट प्राप्त नाफा, व्यवस्थापन शुल्क र अन्य आम्दानीका कारण व्यापार बढेको रिपोर्टमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले ४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । 

यद्यपि, कम्पनीको पीबीआईएलटीडी मार्जिन भने सन् २०२४ को तुलनामा घटेको छ । सन् २०२४ मा ४५.९८ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ३२.०४ प्रतिशतमा झरेको छ ।

साथै कम्पनीको खुद नाफा पनि घटेको छ । सन् २०२४ मा २८.२५ प्रतिशत रहेको खुद नाफा सन् २०२५ मा आउँदा घटेर २१.६४ प्रतिशतमा कायम भएको छ । 

तर, नगद प्रवाहमा भने सुधार देखिएको छ । सन् २०२५ मा कम्पनीको ग्रस क्यास एक्रुअल ४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको थियो । 

आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म कम्पनीले कुनै पनि दीर्घकालीन वा अल्पकालीन कर्जा लिएको छैन । जसका कारण कम्पनी पूर्ण रूपमा ऋणमुक्त अवस्थामा सञ्चालन भइरहेको छ । यद्यपि, कम्पनीसँग करिब १ करोड ७० लाख  रुपैयाँ बराबरको लिज दायित्व भने रहेको छ ।  

कम्पनीले सन् २०२३ जनवरी १९ देखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीको नेतृत्व अध्यक्ष भोज कुमार खड्काले गरिरहेका छन् । रेटिङ एजेन्सीले प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडलाईडबल बी रेटिङ प्रदान गरेको छ ।
 
विशेषगरी, कम्पनीले गरेको अधिकांश लगानी सूचीकृत नभएका (अनलिस्टेड) शेयरहरूमा केन्द्रित भएकाले ती लगानीहरू तत्काल बेच्न कठिन हुने र तरलता कम रहने अवस्था रहेको उल्लेख गरिएको छ । 

कम्पनीले विभिन्न केबलकार परियोजनामा लगानी तथा व्यवस्थापन गर्दै आएको  छ । सिद्धार्थ केलबकार लिमिटेड सञ्चालनमा रहेको छ भने बडीमालिका केबलकार प्रालि र इन्छाकामना देवी केबलकार परियोजना प्रालि निर्माणाधीन अवस्थामा रहेका छन् । 

थप समाचार