Below Menu
Below Menu

वाणिज्य बैंकहरुको औसत ब्याजदर ४.४ प्रतिशतमा झर्यो, आजदेखि लागू 

वाणिज्य बैंकहरुको औसत ब्याजदर ४.४ प्रतिशतमा झर्यो, आजदेखि लागू 

काठमाडौं : वाणिज्य बैंकहरूले २०८३ बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको विवरण अनुसार अधिकतम औषत ब्याजदर चैत महिनाको तुलनामा घटेको देखिएको छ । बैंकहरुको घटेको नयाँ ब्याजदर आजदेखि लागू हुनेछ ।
 
चैतमा महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.४९ प्रतिशतविन्दु रहेकोमा बैशाखमा ४.४ प्रतिशतविन्दुमा झरेको छ । व्यक्तिगत  निक्षेपमा औषत ब्याजदर ०.०९ प्रतिशतविन्दुले घटेको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो । बाँकी १२ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर चैत महिनाकै दरमा यथावत राखेका छन् ।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०६ प्रतिशतविन्दुले घटेको छ । बैशाख महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ ।

सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.३५ प्रतिशतविन्दुले घटाएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट, बैंक, राष्ट्रिय वाणिज्इ बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया, सिद्धार्थ र हिमालयन बैंकले पनि ब्याजदर घटाएका छन् । 


 

Advertisment

थप समाचार