Below Menu

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा 

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा 

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार