Below Menu

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो एक अर्ब पाँच करोड बढी 

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो एक अर्ब पाँच करोड बढी 

काठमाडौं : सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Sponsored Advertisement

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको हो । यसका साथै बैंकको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४६.८६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी २८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६९.९९ प्रतिशत बढेको छ।

गत आवमा १.५८ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर १.०८ प्रतिशतमा झरेको छ । यस्तै गत वर्ष ९५ करोड ६७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेज्ट चार्ज घटेर ३३ करोड ९ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो । 

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असोज मसान्तसम्म बैंकको आम्दानी १६.०२ रुपैयाँले बढेर २९.१७ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५.५४ रुपैयाँ रहेको छ। 

यस अवधिसम्ममा बैंकले दुई खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असोज मसान्तसम्म १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रिर्टन्ड अर्निङ दुई अर्ब तीन करोड रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ५८ करोड आठ लाख रुपैयाँ सञ्चित छ ।

थप समाचार