काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले दुई करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्ष कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण कम्पनी घाटामा गएको हो । यसका साथै संस्थाको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफा प्रभावित भएको हो ।
असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी २८.३६ प्रतिशतले बढेर २८ करोड ८९ लाख रुपैयाँमा झरको छ भने कुल सञ्चालन आम्दानी २४.३७ प्रतिशतले घटेको छ ।
त्यस्तै, गत आर्थिक वर्ष ७ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा चालु आर्थिक वर्ष ३ करोड ७ लाख रुपैयाँ ऋणात्मक भएको छ। गत आवमा १५.७० प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर २१.७३ प्रतिशत पुगेको छ ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । गत वर्ष १५.८४ रुपैयाँ रहेको संस्थाको यस्तो आम्दानी ८.०१ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १८४.४० रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म एक अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब ३३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।