Below Menu

बैंकिङ प्रणालीबाट आठ दिनका लागि एक खर्ब ५० अर्ब रुपैयाँ तरलता उठाउँदै राष्ट्र बैंक 

बैंकिङ प्रणालीबाट आठ दिनका लागि एक खर्ब ५० अर्ब रुपैयाँ तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप १५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
  
गत असोज २३ गते ७० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ८ दिनका लागि एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।

Sponsored Advertisement

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक २० गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ । 

थप समाचार