काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिट १५ रुपैयाँका दरले मूल्य बढाएको छ।
मूल्यवृद्धिपछि तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा १८७रुपैयाँ थियो।
यहाँ यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ थियो भने अब उपभोक्ताले १८२ रुपैयाँ तिर्नुपर्ने छ।दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोल प्रतिलिटर १८६ रुपैयाँ थियो अब २०१ रुपैयाँ लिटर पुगेको छ। त्यहाँ डिजेल/मट्टितेलप्रतिलिटर १६६ रुपैयाँमा बिक्रि गरिँदै आएकोमा अब अब १८१ रुपैयाँ पुगेको छ।
यस्तै पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १८४रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल/मट्टितेलको मूल्य अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ।
निगमले यो तीन सातामा तेस्रोपटक मूल्य बढाएको हो। मध्यपूर्वमा बढिरहेको तनावका कारण मूल्य बढेर आएको भन्दै नेपालमा हप्तैपिच्छेमूल्य बढाइन थालेको हो।
पेट्रोलियमको मूल्यवृद्धिको असर यातायात, ढुवानी हुँदै भान्सासम्म अकासीयको छ। जसले आम नागरिकलाई जीवन निर्वाहमै मुस्किल हुँदैगएको गुनासो बढिरहेको छ।
Advertisment