Below Menu
Below Menu

४० करोडको आईपीओ ल्याउँदै हिलोरा हिल्स रिसोर्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

४० करोडको आईपीओ ल्याउँदै हिलोरा हिल्स रिसोर्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

काठमाडौं : हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशनका लागि हिलोरा हिल्स रिसोर्टका तर्फबाट संचालक ई दिप विक्रम विष्ट तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको, काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने र पहाडहरुको बीचमा अलौकिक तरिकाबाट निर्माण भएको भक्तपुरमा स्थित हिलोरा हिल्स रिसोर्ट हो ।

सो हिलोरा हिल्स रिसोर्ट लिमिटेडमा १०० वटा भन्दा बढी राम्ररी सजिएका कोठाहरू र सो कोठाहरुबाट फरक समयमा फरक प्राकृतिक दृश्य देखिने गरी निर्माण गरिएको, स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिंग पूल र पिकनिक स्पट रहेका छन् ।

रिसोर्टले १५०० देखि २००० व्यक्तिहरुका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम संचालनका लागि समेत यो रिसोर्ट उपयुक्त रहेको छ ।

Advertisment

थप समाचार