Below Menu
Below Menu

चन्द्रागिरी हिल्स र अप्पर हेवाखोला हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

चन्द्रागिरी हिल्स र अप्पर हेवाखोला हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चन्द्रागिरी हिल्स र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले यी दुई कम्पनीको १५ लाख १७ हजार ४५ दशलमव ५ कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार चन्द्रागिरी हिल्सको ५ प्रतिशत बोनसपछिको सात लाख ६७ हजार ४५ कित्ता दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको १५ प्रतिशत बोनसपछिको सात लाख ५० हजार कित्ता बोनस शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार