काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज होटल फरेष्ट इन कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५४ प्रतिशतले घटेको छ ।
Advertisment