Below Menu
Below Menu

सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबारमा आउने 

सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको एक करोड ५५ लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३१ लाख कित्ता र संस्थापकको एक करोड २४ लाख कित्ता गरी कुल एक करोड ५५ लाख  कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसकेएचएल’ रहेको छ ।

कम्पनीको शेयर बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

Advertisment

थप समाचार