Below Menu
Below Menu

वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले कुनै पनि वित्तीय कारोबार गर्दा सर्तहरू राम्ररी बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सेवा लिँदा सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिने भएकाले कागजातमा हस्ताक्षर गर्नु अघि सबै सर्तहरू पढेर बुझ्न आग्रह गरेको हो।

सूचनामा ग्राहकले वित्तीय सेवा लिनु अघि सम्बन्धित सर्तहरू ध्यानपूर्वक पढ्न र नबुझेका विषयमा प्रश्न सोधेर प्रष्ट हुनुपर्ने उल्लेख गरिएको छ। साथै, हस्ताक्षर गरिएका कागजातको एक प्रति आफूसँग सुरक्षित राख्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुने तथा ती सर्तहरू स्पष्ट रूपमा बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने पनि सूचनामा भनिएको छ।

यसैगरी, प्रचलित नियमनअनुसार वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबारसम्बन्धी सूचना तथा विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व भएको राष्ट्र बैंकले जनाएको छ। ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, साथै कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको जिम्मेवारी रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Advertisment

थप समाचार