Below Menu
Below Menu

ट्रेजरीमार्फत साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

ट्रेजरीमार्फत साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले १३अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो । जसमा ५ अर्बको नयाँ र आठ अर्ब ५० करोडको टे«ेजरी बिल नविकरण गर्न लागिएको हो । त्यस्तै कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल २०८३ जेठ २६ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ फागुन २५ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन २५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि फागुन १७ गते १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment