काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको करिब दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले सोल्टी होटल, भगवती हाइड्रोपावर र अपि पावर कम्पनीको एक करोड ९१ लाख ९९ हजार ८७४ दशमलव ९१ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार सोल्टी होटलको १५ प्रतिशत बोनसपछिको एक करोड ५३ लाख २८ हजार ९८५ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनसपछिको ८ लाख ३२ हजार ९२६ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै अपि पावर कम्पनीको ५ प्रतिशत बोनसपछिको ३० लाख ३७ हजार ९६३ दशमलव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment