Below Menu
Below Menu

नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै

सन्दर्भ : अन्तर्राष्ट्रिय नर्स दिवस

नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई  ‘डेजी अवार्ड‘ प्रदान गर्ने भएको छ ।

नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा (१२ मे अर्थात् भोलि बैशाख २९ गते) डेजी अवार्ड प्रदान गर्न लागेको हो ।

अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो । जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो।

 मनोनयनमा परेकामध्येबाट उत्कृष्ट ४ जना नर्सिङ कर्मचारीलाई डेजी अवार्डमार्फत् सम्मान गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) अजयकुमार मिश्रले जानकारी दिए।

‘नर्सिङ पेसामा आबद्ध हुनुभएका हाम्रा कर्मचारीको मनोबल उकास्ने उद्देश्यले हामीले यो वर्षदेखि डेजी अवार्ड कार्यक्रम सुरु गरेका छौं,’ सीईओ मिश्रले भने, ‘यो अवार्डले नर्सिङ कर्मचारीको मनोबलमा अझ टेवा पुग्ने र उहाँहरु सेवाप्रति अझ समर्पित हुने विस्वास  लिएका छौँ।’ उनले नर्सहरुको सम्मानले समग्र अस्पतालको सेवा प्रवाहमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। 

नर्सहरुको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरुको दक्षतालाई अन्तर्र्राष्ट्रिय रुपमा नै पहिचान दिने उद्देश्यले नर्भिक अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो । डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका ७९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरु आबद्ध छन् । 

नर्भिक अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिकमा नै १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ कर्मचारीलाई पनि सम्मान गर्न लागेको छ । 

नर्सिङ पेसालाई प्राथमिकतामा राखेर उनीहरुको पारिश्रमिक र सेवासुविधा उत्कृष्ट बनाउने अस्पतालको रुपमा नर्भिकले आफ्नो छुट्टै पहिचानसमेत बनाएको सीईओ मिश्रले बताए।

Advertisment

थप समाचार