Below Menu
Below Menu

स्थापनाको १७ वर्षमा जेष्ट आईडियोलोजी, वार्षिकोत्सवमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

स्थापनाको १७ वर्षमा जेष्ट आईडियोलोजी, वार्षिकोत्सवमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : महालक्ष्मी कम्प्लेक्स, खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७औँ वर्षमा प्रवेश गरेको छ।

Sponsored Advertisement

‘सामाजिक विकास र आर्थिक समृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको बचतलाई सुरक्षित राख्ने तथा आवश्यकता अनुसार कर्जा प्रवाह गरी सदस्यहरूको जीवनस्तर सुधारमा योगदान पुर्‍याउँदै आएको संस्थाको स्थापना २०६६ माघ २५ गते भएको हो।

वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष हेमबहादुर कार्की र सचिव बाबुराम आचार्यद्वारा जारी संयुक्त आभार तथा प्रतिबद्धता सन्देशमा विगतको समीक्षा गर्दै वर्तमानलाई सुदृढ बनाइ भविष्यलाई सुनिश्चित गर्ने लक्ष्यअनुसार संस्थाले आफ्नो वित्तीय संरचना दरविलो बनाउँदै सदस्यहरूको विश्वासलाई अझ मजबुत बनाएको उल्लेख गरिएको छ।

सन्देशमा भनिएको छ, “विगतलाई समिक्षा गर्दै, वर्तमानलाई समृद्ध बनाउँदै र भविष्यलाई सुनिश्चित बनाउने ध्येय अनुरूप संस्थाले वित्तीय सुशासन र पारदर्शितामार्फत सदस्यहरूको विश्वास प्रतिबिम्बित गर्न सफल भएकोमा हामी हर्षित एवं गौरवान्वित छौँ।”

वर्तमान परिवेशमा सहकारी क्षेत्रमा देखिएका विविध उतारचढावका बीच पनि सदस्यहरूको अटुट माया, विश्वास र साथले संस्थाको आधार थप मजबुत बनेको संस्थाले जनाएको छ।

आगामी दिनमा संस्थाको दीगो भविष्य सुनिश्चित गर्दै सदस्यहरूको हितलाई केन्द्रमा राखी अझ समर्पित भएर अघि बढ्ने प्रतिबद्धता समेत संस्थाले व्यक्त गरेको छ।

वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका कार्यक्रम

१४औँ वार्षिकोत्सवको अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको संकटा मन्दिर परिसरमा बृहत्तर रक्तदान, स्वास्थ्य जाँच तथा आयुर्वेदिक उपचार परामर्श सेवा आयोजना गरेको थियो।

संस्थाले चिरायु डेन्ट केयरसँगको समन्वयमा निःशुल्क दन्त शिविर र ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निःशुल्क मधुमेह जाँच तथा आयुर्वेदिक उपचार परामर्श सेवा सञ्चालन गरेको थियो। सामाजिक उत्तरदायित्वका कार्यक्रमसँगै संकटा मन्दिर परिसरमै वार्षिकोत्सवको छोटो औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनीकाजी महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत आरती श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद आचार्यले वर्तमान अध्यक्षलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए। कार्यक्रममा संस्थाका सदस्यहरु, स्थानीय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उप–समितिका पदाधिकारीहरूको सहभागिता थियो। साथै चाइना ट्रेड बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रणामी साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक विक्रम थापा, नवविश्वास साकोसका अध्यक्ष राधिका काप्री, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कुन न्यूरोडका कर्मचारीहरूको पनि उपस्थिति थियो।

कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले विगत १६ वर्षदेखि सहकारीका विश्वव्यापी मूल्य र सिद्धान्तमा आधारित रही सदस्यहरूको बचत सुरक्षित राख्दै आवश्यकताअनुसार कर्जा प्रवाहमार्फत सामाजिक–आर्थिक रूपान्तरणमा योगदान दिँदै आएको उल्लेख गरे।

रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत संकलन गरिएको थियो। साथै ११० जनाले स्वास्थ्य जाँच तथा आयुर्वेदिक परामर्श लिएका थिए भने ६० जनाले दन्त परीक्षण गराएका थिए। कार्यक्रममा १४४ पटक रक्तदान गरिसकेका सहिम शाहको पनि उपस्थिति थियो।

 

थप समाचार