Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, तोलामै दुई लाख ७६ हजार नाघ्यो 

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, तोलामै दुई लाख ७६ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस २८ गते सोमबार प्रतितोला चार हजार एक सय रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १९५ रूपैयाँमा कारोबार भएको थियो

Advertisment

थप समाचार