Below Menu

टिकेन नेप्सेको वृद्धिः परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

टिकेन नेप्सेको वृद्धिः परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा झर्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बरुण हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा दरम खोला हाइड्रो इनर्जी र माबिलुङ झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.०३ प्रतिशतले घटेको छ । 

Sponsored Advertisment

थप समाचार