Below Menu
Below Menu

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने ट्रम्पको धम्की 

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने ट्रम्पको धम्की 

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन् । 

सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए।

“हामी निकै दुःखी छौँ, म रुससँग छु । तर, हामी त्यो कुरा फरक दिनमा छलफल गर्नेछौँ । तर यदि ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौँ, शुल्क लगभग १०० प्रतिशत । तपाईँ तिनीहरूलाई सेकेन्डरी ट्यारिफ भन्नुहुन्छ”, उनले भने, “हामीले रुस र युक्रेनसँगको यो युद्धमा लगभग तीन खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरेका छौँ र यो अन्त्य भएको हेर्न चाहन्छौँ । यो मेरो युद्ध थिएन । यो बाइडेनको युद्ध थियो । यो मेरो युद्ध होइन ।”

ट्रम्पले एउटा सम्झौता पनि सार्वजनिक गरे। उक्त सम्झौताअन्तर्गत नाटोले अमेरिकाबाट हतियार खरिद गर्नेछ र त्यसपछि रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनलाई वितरण गर्नेछ । 

गत हप्ता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनित गरेको बताएका थिए।

लाभरोभसँगको भेटपछि जुलाई १० मा क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा संलग्न सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताएका थिए। रुबियोले लाभरोभसँगको आफ्नो वार्तालाई ‘स्पष्ट र महत्त्वपूर्ण’ भने । 

Advertisment

थप समाचार