Below Menu
Below Menu

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

काठमाडौं : इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ ।

यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चितताहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । २०२५ मा माग वृद्धिभन्दा धेरै बढेर विश्वव्यापी तेल आपूर्ति बढ्ने र २०३० सम्म स्थिर बजार रहने पूर्वानुमान गरिएको भए पनि, बढ्दो भूराजनीतिक जोखिमले अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेखनीय अनिश्चितता सिर्जना गरिरहेको छ,’ एजेन्सीले आफ्नो प्रतिवेदन २०२५ मा उल्लेख गरेको छ ।

एजेन्सीले आफ्नो मासिक प्रतिवेदनमा यो पनि भनेको छ कि इजरायलले इरानमा गरेको आक्रमणले तेलको मूल्यमा उतारचढाव ल्याएको छ, तर इरानको तेल उत्पादनमा वास्तविक प्रभाव अस्पष्ट छ ।

उक्त रिपोर्टका अनुसार, प्रमुख ऊर्जा कम्पनीहरूले चेतावनी दिएका छन् कि थप वृद्धिले विश्वव्यापी ऊर्जा पूर्वाधारमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

Advertisment

थप समाचार