Below Menu
Below Menu

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक, २२९.६ अर्ब अमेरिकी डलर पुग्याे भण्डार मूल्य

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक, २२९.६ अर्ब अमेरिकी डलर पुग्याे भण्डार मूल्य

एजेन्सी : चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ । मार्चमा लगातार पाँचौं महिनामा भण्डार विस्तार गरेको हो । पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो । 

थप खरिद र बढ्दो मूल्यका कारण चीनको सुन भण्डारको मूल्य गत महिनाको अन्त्यमा २२९.६ अर्ब अमेरिकी डलर पुगेको छ । जुन फेब्रुअरीको अन्त्यमा २०८.६४ अर्ब अमेरिकी डलर थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

Advertisment

थप समाचार